मार्टिन ओडेगार्डको निर्णायक गोलमा नापोलिबिच आर्सनलको सङ्घर्षपूर्ण जित
च्याम्पियन्स लिगमा आर्सनलले इटालीयन क्लब नापोलिलाई १-० गोलले पराजित गरेको छ। खेलको ७५औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डले गरेको गोल निर्णायक बन्यो। यस जितसँगै आर्सनल अंक तालिकामा ११औँ स्थानमा उक्लिएको छ।















