
दुई महिनापछि इरान युद्ध अन्त्य हुन्छ : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावपछि इरानसँगको युद्ध अन्त्य हुने बताएका छन्। इरानलाई आणविक हतियार चाहिएकाले वार्ता निष्कर्षमा नपुगेको उनको भनाइ छ। चुनावपछि नयाँ प्रस्तावसहित वार्तामा बस्ने र इरानमा जनसमर्थन गुमेकाले युद्ध अन्त्य हुने ट्रम्पले दाबी गरे।























































